लेखनाथ महोत्सवमा दृष्टिविहीन व्यवसायी र उद्यमीलाई निशुल्क स्टल
पाेखरा | पुस ५, २०७९
पोखरा: लेखनाथमा हुने ‘१८ औं लेखनाथ महोत्सव’ को तयारी पुरा भएको छ ।
लेखनाथ उद्योग वाणिज्य संघको आयोजनामा आगामी पुष ७ देखि १८ गतेसम्म पोखरा २७ तालचोक डाँडाकोनाकमा सञ्चालन हुने महोत्सवको तयारी पुरा भएको आज (मंगलबार) आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिइएको हो ।
महोत्सवका प्रचारप्रसार व्यवस्थापन उपसमितिका संयोजक राजेन्द्र ओझाले ‘महोत्सव लेखनाथको संस्कृति, स्थानीय उत्पादन, विकास र समृद्धि’ भन्ने नारासहित पुष ७ देखि १८ गतेसम्म मेला सञ्चालन हुने जानकारी दिए । उनका अनुसार सो महोत्सवलाई सगरमाथा ईन्स्योरेन्स कम्पन्नीको मुख्य प्रायोजन र राष्ट्रिय वाणिज्य बैंकको सहप्रायोजन गरेको छ ।
ओझाले महोत्सवमा ३ सय ३७ स्टल रहेकाको संयोजक बताउदै महोत्सवमा दृष्टिविहीन उद्यमी व्यवसायीहरुलाई निशुल्क स्टल प्रदान गरिने ओझाले बताए ।
महोत्सवको बचतबाट प्रदर्शनी स्थल, संघको भवनको स्तरोन्नती, औद्योगिक क्षेत्र निर्माणको लागि पहल, कवि शिरोमणि लेखनाथ पौड्यालको जन्मस्थलको विकास र बेगनासताल, रुपाताल लगायत पर्यटकीय क्षेत्रहरुको प्रवद्र्धन एवम् समाजिक उत्तरदायित्वका कार्यमा खर्च गरिने लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष छत्रधर आत्रेयले बताए ।
कोरोना भाइरसको महामारी र रुस युक्रेन युद्ध लगायत विभिन्न कारणले थला परेको व्यवसायलाई र देशको अर्थतन्त्रलाई चलायन बनाई आर्थिक गतिविधि बढाउने तथा औद्योगिक उत्पादन तथा हस्तकला सामानहरुको बजार प्रवद्र्धन गर्ने मुख्य उद्देश्यसहित महोत्सवलाई निरन्तरता दिएको आत्रेय बताए । ‘कोभिड १९, रुस युक्रेन युुद्ध लगायत विभिन्न कारणले देशको आर्थिक चलायनमान हुन सकेको छैन्, उनले भने, ‘यस क्षेत्रको आर्थिक गतिविधि चलायन बनाउन महोत्सवको आयोजना गरिएको हो ।’
उनका अनुसार महोत्सवमा कोभिड १९, रुस युक्रेन युद्ध, विभिन्न कारणले वित्तिय क्षेत्रमा देखिएको तरलता अभाव, चर्को व्याज वृद्धिले थला परेको देशको अर्थतन्त्रलाई चलायमान बनाउन औद्योगिक उत्पादन तथा हस्तकलाका सामानहरुको बजार प्रवद्र्धन, स्थानीय उत्पादन, लघु, घरेलु तथा साना उद्योगहरुको प्रवद्र्धन, पहिचान, उद्यमशिलता, प्रविधि हस्तान्तरण, राष्ट्रिय तथा अन्र्तराष्ट्रिय मुलुकहरुमा उत्पादित औद्योगिक एवं दैनिक उपभोग्य वस्तु तथा सेवाहरुको प्रवद्र्धन, जातीय भेषभुषा, कलासंस्कृतिको संरक्षण, जर्गेना तथा आन्तरिक तथा बाह्य पर्यटकहरुको आर्कषणलाई सहयोग पु¥याउने महोत्सवको उद्धेश्य रहेको छ ।
महोत्सव अवलोकन गर्न विद्यार्थीलाई ५०, साधारण टिकत तर्फ ८०, कन्सर्ट टिकट १ सय ५० र जेष्ठ नागरिक, अपाङ्ग र एकल महिलालाई सामाजिक सुरक्षा भत्ता वितरण कार्डको आधारमा निशुल्क प्रवेश गरिने अध्यक्ष आत्रेयले जानकारी दिए ।
उनका अनुसार १८ गतेसम्म सञ्चालन हुने महोत्सवमा करिव ९५ लाख आम्दानी हुने र ८५ लाख खर्च भएर १० लाख बचत हुने अनुमान गरिएको छ भने महोत्सवमा करिब १० करोड बराबरको आर्थिक कारोवार हुने लेखनाथ उद्योग वाणिज्य संघले अनुमान गरेको छ ।
वि.स. २०५८ सालबाट सुन्तला महोत्सवबाट सुरु भएको महोत्सव २०६१ बाट लेखनाथ महोत्सवमा परिवर्तन भई निरन्तर सञ्चालन हुदै आएको छ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

